काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामीमा 

14.39K
shares

डिप्रोक्स लघुवित्तले १६ असारबाट एक लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ निर्धारण गरिएको छ ।

आवेदकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र पेस गर्नुपर्ने छ । लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयर धनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

आवेदकले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने छ । यसमा २३ असारेसम्म आवेदन दिन मिल्ने छ । 

लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामी सेयरको आवेदन २४ असार बिहान १० बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौँमा खोलिने छ ।