कागतीको रिफ्रेसिङ ताजा स्वादमा नयाँ स्प्राइट
वि.सं.२०७९ असार १६ बिहीवार २०:१७
shares
स्प्राइटले कागतीको रिफ्रेसिङ ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका-कोला नेपालले टेलिभिजन विज्ञापन लन्च समेत गरेको छ, जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ ।
कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका-कोलामा हामी उपभोक्ताहरूको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न सँधै प्रयासरत छौं । स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको छ ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कागतीको रिफ्रेसिङ स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा निकै उत्साहित भएको बताए । नयाँ स्प्राइट उपभोक्ताहरूको मागअनुसार विभिन्न साइज र बोतलमा उपलब्ध रहेको बताइएको छ । ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साइजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

























