गृहपृष्ठ राष्ट्रिय तेक्वान्दोमा चन्द्रागिरि नगरपालिका पहिलो

राष्ट्रिय तेक्वान्दोमा चन्द्रागिरि नगरपालिका पहिलो

राष्ट्रिय तेक्वान्दोमा चन्द्रागिरि नगरपालिका पहिलो

चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा काठमाडौंको चन्द्रागिरि  नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो । 

प्रतियोगितामा नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैंडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो संघ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । यस्तै २३ पदकसहित  भरतपुर महानगरपालिका तेस्रो भएको छ । भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको छ । प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेकाे छ । माडीले दुई स्वर्ण, चार रजत र दुई कास्य प्राप्त गरेको थियो ।

प्रतियोगितामा महिलातर्फ पर्वतको पैयुँ गाउँपालिकाकी प्रतिका थापा र पुरुषतर्फ काठमाडौंको चन्द्रागिरिका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा सात प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए । प्रतियोगिता दुई दिनसम्म चलेकाे थियाे ।

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु