गृहपृष्ठ एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हिमालयन जनरलसँग मर्जर

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हिमालयन जनरलसँग मर्जर

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हिमालयन जनरलसँग मर्जर

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीले बिहिबार अग्रवाल भवन, कमलपोखरी आफ्नो बिशेष साधारण सभा सम्पन्न गरेको हो ।

सभाले एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच एक आपसमा गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

यसका साथै, सम्पत्ति दायित्व मुल्यांकन दायित्य (डिडिए) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदानप्रदान अनुपात, मर्जरपछि बन्ने संस्थाको सञ्चालक समिति लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

सभाले मर्जरपछि बन्ने संस्थाको नाम ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड रहने प्रस्ताव समेत सर्वसम्मत पारित गरेको जानकारी दिएको छ ।

प्रकाशित समय : १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु