गृहपृष्ठ करेन्ट लागेर दाङमा एकजनाको मृत्यु
करेन्ट लागेर दाङमा एकजनाको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका-५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो । बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो ।
गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका इन्स्पेक्टर सुरजविक्रम शाहले जानकारी दिए ।
प्रकाशित समय : १५:५१ बजे


















