global ime bank Long Banner Ad

गृहपृष्ठ बाढीपहिराेले ७५ घर क्षति

बाढीपहिराेले ७५ घर क्षति

बाढीपहिराेले ७५ घर क्षति

तीन दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढी पहिरोबाट  त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।

गंगाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र गएका छन्  ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गंगाजमुना–६ बुढाथुममा १४, गंगाजमुना –५ फूलखर्कमा १४ घर, वडा नम्बर २ रिमा १३  घर विस्थापित जनाइएको छ । 

विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नससकेको गाउँवासीले बताएका छन् । गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको सङ्ख्या धेरै रहेको जानकारी दिए । 

कच्ची सडक खन्दा ध्यान नदिएका कारण धेरै पहिरो आउँदा क्षति पुगेको नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताए ।

शुक्रबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउन निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । 

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु