गृहपृष्ठ बागमती प्रदेशकाे बजेट ७० अर्ब ९३ करोड ९२ लाख (पूर्णपाठ)
बागमती प्रदेशकाे बजेट ७० अर्ब ९३ करोड ९२ लाख (पूर्णपाठ)
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले कुल विनियोजनमध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ रहेको बताए ।
त्यस्तै, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । विनियोजनको लागि खर्च बेहोर्ने स्रोततर्फ राजश्वबाट २६ अर्ब ९७ करोड ११ लाख, अन्य राजश्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणमार्फत २१ अर्ब ६ करोड ८७ लाख र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोष बचत र अन्य स्रोतबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य रहेको मन्त्री जम्मकट्टेलले बताए ।
बजेटमा उल्लेखित कार्यक्रमको कार्यन्वयनबाट बागमती प्रदेश सरकारले सिमेन्ट उद्योगमा लगाएको प्राकृतिक स्रोत उपयोग शुल्क संघीय मूल्य अभिवृद्धि करसँग दोहोरो परेकोले खोरेज गरेको उनले बताए । प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम खारेज गरेको समेत उनले बताए ।
बजेटकाे पूर्णपाठ :
प्रकाशित समय : ००:२८ बजे



















