global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भारतीय ग्यास बुलेटले ठक्कर दिँदा हेटौँडामा बाबु-छोरीको मृत्यु

भारतीय ग्यास बुलेटले ठक्कर दिँदा हेटौँडामा बाबु-छोरीको मृत्यु

भारतीय ग्यास बुलेटले ठक्कर दिँदा हेटौँडामा बाबु-छोरीको मृत्यु

पूर्व-पश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामा बावु-छोरीको मृत्यु भएको छ । भारतबाट ग्यास बोकेर आएको एनएल०१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा बाबु-छोरीको मृत्यु भएको प्रहरी जनाएको छ ।

घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु