गृहपृष्ठ टेलिकमको डाटा तथा भ्वाइस प्याक अब नमस्ते पेबाट लिन सकिने
टेलिकमको डाटा तथा भ्वाइस प्याक अब नमस्ते पेबाट लिन सकिने

नेपाल टेलिकमको डाटा तथा भ्वाइस प्याक सुविधाहरु नमस्ते पे एपबाट लिन पाइने भएको छ । नमस्ते पे प्रयोगकर्ताले अब नमस्ते पे वालेट ब्यालेन्समार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा तथा भ्वाइसका जुनसुकै प्याक खरिद गर्न सक्नेछन् ।
नमस्ते पे प्रयोगकर्ताले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरूमा आकर्षक लाभ लिन सक्ने कम्पनीको दावी छ ।
नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्नेगरी, बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा यूएसएसडी मार्फत भुक्तानी गर्न सकिन्छ । मोबाइल एपमार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने सुविधा यसमा छ ।
प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको प्रमुख उद्देश्य रहेको कम्पनीको भनाइ छ ।
प्रकाशित समय : १५:०६ बजे