काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मानिसको चालढालसँग ९९.८ प्रतिशतसम्म तालमेल मिलाउने चीनको रोबोट

840
shares

काठमाडौं । चीनको रोबोट निर्माता कम्पनी युनिट्री रोबोटिक्सले मानिसको शारीरिक गतिविधिको नक्कल गर्न सक्ने अत्याधुनिक रोबोट सार्वजनिक गरेको छ । यो रोबोटले मानव सञ्चालकको शरीरको चालढाललाई वास्तविक समयमा पछ्याउँदै लगभग तत्काल प्रतिक्रिया दिन सक्छ ।

रोबोटले मानिसको गतिविधिसँग ९९.८ प्रतिशतसम्म तालमेल मिलाउन सक्ने कम्पनीले जनाएको छ ।

मानिसले गर्ने विभिन्न शारीरिक गतिविधि र हाउभाउलाई एकै समयमा नक्कल गर्न सक्ने यो प्रविधिलाई रोबोटिक्स क्षेत्रमा भएको पछिल्लो प्रगतिका रूपमा हेरिएको छ ।