गृहपृष्ठ काठमाडौंको न्युरोडमा एक पुरुष मृत फेला

काठमाडौंको न्युरोडमा एक पुरुष मृत फेला

काठमाडौंको न्युरोडमा एक पुरुष मृत फेला

काठमाडौंको न्युरोडमा एक जना मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका-२४, रञ्जना सोडा गल्लीमा टेकुका ३४ वर्षीय सुरेश महर्जन मृत फेला परेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बुधबार बिहान एक जना व्यक्ति अचेत अवस्थामा लडिरहेको सूचना पाएपछि अपराध महाशाखा र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको थियो । अहिले शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु