global ime bank Long Banner Ad

गृहपृष्ठ आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी

आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी

आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निस्कासन गर्ने भएको छ । कम्पनी इलाम नगरपालिकामा रहेको ९.६ मेगावाटको माथिल्लो माई जलविद्युत आयोजनाको विकासकर्ता हाे ।

कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामूहिक लगानी कोष सहितका लागि ५४ लाख ८८ हजार कित्ता आइपीओ निस्कासन गर्ने भएको हो । कम्पनीको कुल पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ । जसमध्ये स्थानीयका लागि ११ लाख २० हजार कित्ता र सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी कुल ५४ लाख ८८ हजार कित्ता आइपीओ खुला गर्ने तयारी गरेको हो ।

आइपीओ निस्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु