काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनएमबी बैंकद्वारा नागार्जुनमा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड

8.06K
shares

एनएमबी बैंकले 'एनएमबी ग्रिन फिक्सड डिपोजिट' अभियानको प्रतिफलस्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृति सामुदायिक वन, नागार्जुनमा विभिन्न प्रकारका फलफूलका विरुवा रोपेको छ ।

उक्त सामुदायिक वनमा बैंकले ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १२५ विरुवा रोपेकाे हाे । उक्त कार्यक्रममा सामुदायिक वनका अध्यक्ष अर्जुनराज पुरी, सहायक वन अधिकृत सरस्वती अर्याल, बैंकका कर्मचारीहरु लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । वातावरणीय संरक्षण प्रवर्द्धनका साथै वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयासस्वरुप राष्ट्रव्यापी रुपमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ ।

यस योजनामार्फत ग्राहकलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिएको बैंकले जनाएको छ ।