काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्य स्थिर

6.05K
shares

नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेकाे छ । हिजो मंगलबारकै मूल्यमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएकाे छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ छ । हिजो मंगलबार पनि यही मूल्यमा सुन कारोबार भएको थियाे । मंगलबार भने अघिल्लाे दिनकाे तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको थियो ।

आज चाँदीकाे मूल्यमा भने वृद्धि भएकाे छ । प्रतितोला ५ रुपैयाँले बढेर चाँदीकाे मूल्य १२ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।