तीन सवारी एकापसमा ठोक्किँदा एकजनाको मृत्यु
वि.सं.२०७९ जेठ २५ बुधवार १३:१०
shares
सांकेतिक तस्बिर
चितवनमा कार, मोटरसाइकल र ट्यांकर एकापसमा ठोक्किँदा गए राति एकजनाको मृत्यु भएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३-०१-०२३च ५०७४ नम्बरको कारमा सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नम्बरको ट्यांकरमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका-४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार चेपाङको घटनास्थलमै मृत्यु भएको हो । ट्यांकर चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताए ।

























