काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

औसतमा १८७५ रुपैयाँ पर्ने इम्बोस्ड नम्बर प्लेटलाई ३१००

8.84K
shares

पोखरा नेपाल उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्च गण्डकीले सरकारले इम्बोस्ड नम्बर प्लेटमा नागरिकलाई ठग्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । संघका प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला र मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले निकालेको संयुक्त विज्ञप्तिमा औसतमा १ हजार ८७५ रुपैयाँ पर्ने इम्बोस्ड नम्बर प्लेटका लागि सरकारले ३ हजार १ सय रुपैयाँ उठाउन खोजेको भन्दै आपत्ति जनाइएको  छ।

'करिब २५ लाख सवारी साधनमा यो नम्बर जडान गर्नको लागि ४ अर्ब ६८ करोड ५२ लाख ६२ हजारमा ठेक्का दिएको छ,’ विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘यस्तोमा औसत १ हजार ८७५ रूपैयाँप्रति सवारी साधन पर्नेमा जनतासँग औसतमा ३ हजार १०० रुपैयाँ प्रति साधन उठाउन खोजिनु भित्रको रहस्य के हो ?’

उनीहरुले इम्बोस्ड नम्बर प्लेट ठेक्का खारेज नभए कुनै पनि कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।