काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युनाइटेड इन्स्योरेन्सकाे वार्षिक साधारणसभा सम्पन्न

13.71K
shares

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २८औं वार्षिक साधारणसभा साेमबार सम्पन्न भएको छ । सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित भएको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ का लागि बाह्य लेखापरीक्षक एमजीएस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह (क) तर्फबाट प्रतिनिधित्व गर्ने ४ (चार) जना सञ्चालकहरुको र सर्वसाधारण सेयरधनी समूह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकहरुको निर्वाचनमार्फत चयनसमेत गरेको जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्‍याउन यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्णय गर्न तथा साेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जरसम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको पनि कम्पनीले जनाएको छ ।

कम्पनी गत आव २०७६/७७ को तुलनामा यस आवा २०७७/७८ मा बिमाशुल्क आर्जन ५८ प्रतिशतले वृद्धि भई १ अर्ब १० करोड ३३ लाख २ हजार ७६९ रुपैयाँ ५ पैसा गर्न सफल भएको छ । त्यसैगरी गत आव २०७६/७७ को तुलनामा यस आव २०७७/७८ मा कम्पनीको नाफामा ५ सय प्रतिशत भन्दा बढिले वृद्धि भई १० करोड ५२ लाख ९८ हजार ८८७ रुपैयाँ २८ पैसा भएको छ ।

आव २०७७/७८ को तेस्रो त्रैमासिक अवधि सम्मको तुलनामा आव २०७८/७९ को सोही अवधि सम्ममा कम्पनीको कुल बिमाशुल्क आर्जन ३८ प्रतिशतभन्दा बढीले वृद्धि भई १ अर्ब २५ करोड ५१ लाख १८ हजार ७० रुपैयाँ २८ पैसा भएको छ । त्यसैगरी सोही अवधिमा खुद नाफा आर्जन ९८ प्रतिशतभन्दा बढीले वृद्धि भएको तथा प्रतिसेयर आयमा ९८ प्रतिशतभन्दा बढीले वृद्धि भएको कम्पनीको भनाइ छ ।

कम्पनी बिमाशुल्क आर्जनका हिसाबले स्थापना कालदेखि पहिलोपटक एक अर्ब क्लबमा प्रवेश गरेको छ । साथै, यस आव २०७७/७८ को प्रगतिको मूल्यांकनबमोजिम भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेकोे एसिया स्तरको तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१ मा नेपालबाट निर्जीवन बिमा क्षेत्रमा दिएका महत्वपूर्ण योगदानका लागि 'बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर अवार्ड'बाट यस यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड सम्मानित भएको थियो ।