nmb bank

गृहपृष्ठ आइएमई पेमार्फत फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

आइएमई पेमार्फत फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

आइएमई पेमार्फत फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

आइएमई पे र फुडमान्डुबीच ग्राहकलाई सेवासुविधासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुरुप सोमबारदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरिएको हो ।

‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरेपश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा ५ सय रुपैयाँसम्म मात्र हुनेछ ।

यस अफरको नियमस्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरेपछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा ५ सय रुपैयाँसम्म मात्र हुने आइएमई पेले बताएको छ ।

प्रकाशित समय : ००:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु