काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप २८ जनामा कोरोना पुष्टि, १०७ जना सक्रिय संक्रमित

17.68K
shares

पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३५६ जनाको एन्टिजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०७ जना होम आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार यस अवधिमा कसैको मृत्‍यु भएको छैन ।

नेपाल हालसम्म मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यसैगरी, ९ लाख ६७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।