थप २१ जनामा कोरोना, १०९ जना सक्रिय संक्रमित
वि.सं.२०७९ जेठ २४ मंगलवार ००:२८
shares

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २५८ जनाको एन्टिजेन परीक्षणमा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् । हालसम्म ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेकाे मन्त्रालयले जनाएकाे छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१ पुगेको छ ।
























