प्लस टू दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट
वि.सं.२०७९ जेठ २४ मंगलवार ००:४१
shares

हालै प्लस टू दिई बसेका विद्यार्थीहरूलाई अन्नपूर्ण केबुलकारले केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन गर्ने र मेहेनती हातहरूलाई अझ मेहेनती बन्न उर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यले उक्त योजना ल्याएको कम्पनीले जनाएको छ । छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टू परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना २०७९ जेठ २६ देखि असार ३ गतेसम्म लागू हुने जनाइएको छ ।
पोखराको सेदी बगरदेखि सराङकाेट सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सराङकाेट पुग्न सकिनेछ ।
























