ओप्पोको ‘ओप्पोह्याक’ कार्यक्रम : ४० हजार डलर पुरस्कार
वि.सं.२०७९ जेठ २३ सोमवार ०१:२२
shares

प्रविधि कम्पनी ओप्पोले ओप्पो ह्याक कार्यक्रम गरिरहेको छ । कम्पनीले ह्याकाथन विशेषज्ञ ‘ह्याकहब’को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना गरिरहेको हो ।
अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधिप्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकत्रित गर्दै उदीयमान प्रविधि (सुदृढ दृश्यांकन, भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ्ग र निर्बाध क्रस-डिभाइस कनेक्सनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको कम्पनीले जनाएको छ । ओपाेह्याक २०२२ मार्फत कलरओएससम्बन्धी थप नयाँ जनाकारीहरु पनि उपलब्ध गराइने जनाइएको छ ।
यो कार्यक्रम मे महिनादेखि सुरु भएको उल्लेख गरिएको छ । ओप्पोह्याक २०२२ मा, सहभागीहरुले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन् । यो एउटा पीसी कनेक्ट जस्तै हो, जसले तपाईको फोन र कम्पयुटर बीच सीमलेस अन्तरक्रिया सिर्जना गर्दछ । तपाईले यसलाई धेरै स्क्रिनहरुको एक मस्तिस्कको रुपमा सोचेर सर्वव्यापीताको एक कदम नजिक पाउन सक्नेछन् ।
प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालय, २० इन्क्युबेटर र विश्वभरका ५०० भन्दा बढी व्यक्तिसँग जोडिएर भोलीको अन्तर सम्बन्धित समस्याहरु समाधान गर्नका लागि सहकार्य र प्रतिस्पर्धा गर्ने ह्याकाथन हो । यो कार्यक्रम विशेष गरेर यो समान विचारधारा भएका धेरै व्यक्तिहरु, प्राविधिक विशेषज्ञहरु र अग्रणी कम्पनीहरुका अग्रजहरुसँग अन्तर्क्रिया गर्ने अवसर भएको कम्पनीले जनाएको छ । ४० हजार डलर बराबरको कुल नगद पुरस्कारको अतिरिक्त, परियोजनाहरु जित्नको लागि सहभागीको परियोजनामा लगानी गर्ने र वास्तविक संसारमा लागू गर्ने मौका पाउने बताइएको छ ।
ओप्पोह्याकले ह्याकाथनका २ राउन्डसहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ । ह्याकाथनको प्रारम्भिक राउण्ड दुई सह-होस्ट सहरहरुमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गर्नेछ । दर्ता भएपछि, व्यक्तिगत रुपमा वा भर्चुअलि सहभागि भएका सह-होस्ट ह्याकाथनहरुमध्ये एक छनौट गर्नुपर्नेछ । फाइनल राउण्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरुमा प्रत्यक्ष प्रसारण हुनेछ ।

























