यी ४ प्रदेशमा वर्षाकाे सम्भावना
वि.सं.२०७९ जेठ २३ सोमवार १२:५९
shares

देशका केही स्थानमा आज पनि वर्षाकाे सम्भावना रहेकाे छ । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव छ । पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भएकाे छ । प्रदेश-१, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१, बागमती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

























