प्रतिनिधि सभा बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?
वि.सं.२०७९ जेठ २३ सोमवार १३:२३
shares
सोमबार प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद्को ११औं अधिवेशनअन्तर्गत १६औं बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएकाे छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले 'यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यसका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले 'फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
संसदका महासचिव भरतराज गौतमका अनुसार विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ । विनियोजन विधेयक, २०७९ अन्तर्गत कानुन, युवा तथा खेलकुद, श्रम, वन, सहरी विकास, भूमि र महिला तथा बालबालिका गरी ७ वटा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सूचनामा उल्लेख छ ।
सूचना :


























