गृहपृष्ठ देशभर १६ जना काेराेना संक्रमित थपिए

देशभर १६ जना काेराेना संक्रमित थपिए

देशभर १६ जना काेराेना संक्रमित थपिए

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १८४ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको हो ।

९५७ नमुनाको पीसीआर परीक्षण गर्दा आठ र एक हजार २२७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन ।

पछिल्लो २४ घण्टामा देशभर नौजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार १२८ पुगेको मन्त्रालयले उल्लेख गरेकाे छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११० रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : २३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु