काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देशभर १६ जना काेराेना संक्रमित थपिए

11.7K
shares

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १८४ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको हो ।

९५७ नमुनाको पीसीआर परीक्षण गर्दा आठ र एक हजार २२७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन ।

पछिल्लो २४ घण्टामा देशभर नौजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार १२८ पुगेको मन्त्रालयले उल्लेख गरेकाे छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११० रहेको मन्त्रालयले जनाएको छ ।