सम्पर्कविहिन जहाज मुस्ताङको लेतेमा दुर्घटना भएकाे आशंका
वि.सं.२०७९ जेठ १५ आइतवार १७:१४
shares

पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका-४ लेतेमा दुर्घटना भएको आशंका गरिएको छ । यसको आधिकारिक पुष्टि भएको छैन ।
प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको जहाज एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।
अहिले जहाजकाे खोजिका लागि जोमसोमतर्फ हेलिकोप्टर पठाइएको छ ।
























