nmb bank

गृहपृष्ठ तेस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर

तेस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर

तेस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा लगातार तेस्रो दिनदेखि सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको छ । आजको बजार मूल्य तोक्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । जुन, जेठ ८ गते पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै, हिजो ९ गते पनि सोही अंकमा भएको कारोबार आज पनि मूल्य स्थिर छ ।

यसैगरी, आज चाँदीको कारोबार मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ । जुन, पछिल्लो तीन दिनयताकै मूल्य हो ।

प्रकाशित समय : १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु