गृहपृष्ठ तेस्राे ‘प्लाष्ट नेपाल-२०२२’ आयोजना हुँदै

तेस्राे ‘प्लाष्ट नेपाल-२०२२’ आयोजना हुँदै

तेस्राे ‘प्लाष्ट नेपाल-२०२२’ आयोजना हुँदै

प्लाष्ट नेपाल फाउण्डेशनले यही जेठ १२, १३ र १४ गते भृकुटी मण्डपमा 'Plast Nepal 2022' नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ । फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको प्रदर्शनी यसअघि २०७१ र दोस्रो संस्करण २०७५ सालमा सफलतापूर्वक आयोजना भएको थियो ।

तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारतलगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लाष्टिक उद्यमी व्यवसायी र करिब १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टल राखिने आयोजकले जनाएको छ ।

प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ । प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो । नेपाली उत्पादनलाई प्राथमिकता दिनेदेखि प्लाष्टिकको पुन:प्रयाेग (Recycle) र फोहोर व्यवस्थापनमा सरकार र उद्योगीहरुसँग मिलेर काम गरिरहेको संगठनले जनाएको छ ।

नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्द्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन मेलाले सकारात्मक भूमिका खेल्ने आयोजककाे अपेक्षा छ ।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु