गृहपृष्ठ सुनचाँदीको मूल्य स्थिर, कति छ आजकाे बजार मूल्य ?
सुनचाँदीको मूल्य स्थिर, कति छ आजकाे बजार मूल्य ?

आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ कायम गरिएकाे छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ ताेकिएकाे महासंघले जनाएकाे छ । हिजो आइतबार पनि छापावाल सुनको कारोबार मूल्य तोलामा ९८ हजार रुपैयाँ नै थियो । यस्तै, तेजाबी सुन पनि प्रतिताेला ९७ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
महासंघले आज चाँदीको मूल्य पनि स्थिर रहेको जानकारी दिएको छ । आज चाँदीको प्रतिताेला मूल्य १२ सय ७० रुपैयाँ रहेको छ । चाँदी आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित समय : १७:५८ बजे