गृहपृष्ठ थप ११ जनामा काेराेना संक्रमण पुष्टि
थप ११ जनामा काेराेना संक्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३० को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख ७९ हजार ६२ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट संक्रमितकाे संख्या एक लाख ४० हजार २०९ रहेको छ । पछिल्लो समय थप १२ संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६६ हजार ९६२ पुगेको छ । नेपालमा यस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
हाल सक्रिय संक्रमितकाे संख्या १४८ रहेको छ । होम आइसोलेशनमा १४८ रहेका छन् भने आईसीयू र भेन्टिलेटरमा एक/एक जना रहेको मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित समय : ०१:१० बजे

















