global ime bank Long Banner Ad

गृहपृष्ठ मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च२३१५ नम्बरको जीप आज साँझ सिमखोला पुलको बारमा ठोक्किएर दुर्घटना भएको हाे ।

आठजना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सो कार्यालयले जनाएको छ । मृतक चारैजना पुरुष रहेका छन् । उनीहरूकाे सनाखत हुन सकेकाे छैन ।

घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौँडा अस्पतालमा र एकजनाको उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय : ०३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु