global ime bank Long Banner Ad

गृहपृष्ठ भैरहवामा जजीरा एयरवेजको पहिलो उडान : विदेशबाट सिधै तराई जान सहज

भैरहवामा जजीरा एयरवेजको पहिलो उडान : विदेशबाट सिधै तराई जान सहज

भैरहवामा जजीरा एयरवेजको पहिलो उडान : विदेशबाट सिधै तराई जान सहज

कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य-पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको सुरुवात गरेको हो । यसबाट मध्य-पूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण-पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन् ।

नेपालमा जजीराको यो दोश्रो उडान सेवा हो, जसले नेपालको तराई क्षेत्रमा बढ्दै गइरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गत जेष्ठ १ गतेबाट उडान सेवा सुरु भएको थियो । नयाँँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका भाइस प्रेजिडेन्ट रविन्द्रन भाराथनले भने, ‘जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँँ-नयाँँ गन्तव्यहरु थप्दै गइरहेको छ । यसले गर्दा कुवेत र मध्य-पूर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग)ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवं विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ । यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।’

आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले भने, ‘७४वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्तर्राष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठूलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्‍याउनेछ । जसले समग्र नेपालकै आर्थिक विकासमा सरोकार राख्छ । यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।’

प्रकाशित समय : २२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु