global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल युगान्डासँग लगातार तेस्राे खेलमा पराजित, गुमायाे सिरिज

नेपाल युगान्डासँग लगातार तेस्राे खेलमा पराजित, गुमायाे सिरिज

नेपाल युगान्डासँग लगातार तेस्राे खेलमा पराजित, गुमायाे सिरिज

पाहुना टोली युगान्डाले नेपालविरुद्धको महिला टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । यस जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३-० को अग्रता बनाएको छ ।

कीर्तिपुरस्थित त्रिविस्थित क्रिकेट मैदानमा बिहीबार तेस्रो टी-ट्वान्टीमा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले दुई खेलअगावै सिरिज कब्जा गरेकाे हाे । सिरिजअन्तर्गत आज भएकाे तेस्राे खेलमा नेपालले दिएको १ सय रनको लक्ष्य युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

युगान्डाकी केभिन विनोले अविजित रहदै ४२ रन जोडिन् । जेनेट बाबाजीले २७ रन जोडिन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् । रुबिना क्षेत्री र इन्दु वर्माले १/१ विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो ।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोडिन् । सिता राना मगर १२ रनमा आउट भइन् । बिन्दु रावल ४, रोमा थापा र डोली भट्टले समान ३/३ रन जोडिन् । इन्दु वर्मा १ रनमा आउट हुँदा सरिता मगर र कविता कुँवर सुन्य रनमा आउट भइन् । सबनम राई १ रनमा अविजित रहिन् ।

युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले २/२ विकेट लिए । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि शुक्रबार चौंथो र शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।

प्रकाशित समय : २२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु