गृहपृष्ठ सेयर बजारमा २३ अंककाे गिरावट
सेयर बजारमा २३ अंककाे गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.५१ अंकले घटेको छ । आज दोहोरो अंकले घटेसँगै परिसूचक साढे २२ सय अंकमा आएर रोकिएको छ ।
आज १ अर्ब ३० करोड ९ लाख रुपैयाँ बराबरको ३७ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भए । आज म्यूचुअल फण्ड समूह ०.११ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आएन । घटेकामध्ये जीवन बिमा कम्पनी समूहमा १७२ अंकले र निर्जीवन बिमा समूहमा १४३ अंकको गिरावट आएको छ ।
यसैगरी, विकास बैंक समूह ८३ अंक लघुवित्त समूह ५१ अंक, उत्पादनमूलक समूहमा ४४ अंक र व्यापार समूह २४ अंकले घटेका छन् ।
प्रकाशित समय : २१:३७ बजे



















