global ime bank Long Banner Ad

गृहपृष्ठ अब ११०० रुपैयाँमै वर्ल्डलिंककाे २०० एमबीपीएस इन्टरनेट

अब ११०० रुपैयाँमै वर्ल्डलिंककाे २०० एमबीपीएस इन्टरनेट

अब ११०० रुपैयाँमै वर्ल्डलिंककाे २०० एमबीपीएस इन्टरनेट

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुनेगरी ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेट टीभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको हो ।

ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वर्ल्डलिंकले जनाएको छ । ‘राउटर डिपोजिट र इन्टरनेट शुल्क बाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,’ कम्पनीले भनेको छ, ‘यो नयाँ प्याकेजबाट विशेषगरि नेट टीभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा लिएका छौँ ।’ २०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेट टीभी बाहेकका सुविधा भने उपलब्ध हुने बताइएको छ ।

जसअनुसार ग्राहकले पाँचवटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाईफाई मोबिलिटी’को सुविधा पाउनेछन् । यसका साथै ‘तुरुन्तै सर्भिस ग्यारेन्टी’को रुपमा इन्टरनेटमा समस्या आउँदा दुई घण्टाभित्र समाधान नभए थप दुई दिनको इन्टरनेट सुविधा समेत उपलब्ध हुनेछ । यसबाहेक ‘टाइम ब्याक’ अर्थात् इन्टरनेट अवरुद्ध भएको समय समेत थप हुने कम्पनीले जनाएको छ । यो प्याकेज विद्यमान ग्राहकहरूका लागि समेत उपलब्ध रहेको छ ।

गुणस्तरीय सेवा कायम गर्दै ग्राहकका लागि सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागिपरेको कम्पनीले बताएको छ । नेट टीभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको २०० एमबीपीएसको तीन महिने प्याकेज लिन सक्नेछन् ।

प्रकाशित समय : २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु