काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युगान्डाविरुद्ध ब्याटिङ गर्दै नेपाल

17.79K
shares

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले तेस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियमा खेलमा युगान्डासँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । युगान्डाले केहीबेरमा नेपालविरुद्ध बलिङ थाल्नेछ ।

आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । काजर श्रेष्ठ, अप्सिरी बेगम र कविता जोशीलाई बेन्चमा राखेको छ । जोती पाण्डे, रोमा थापा र संगिता राईलाई मैदान उतारेको छ । यसअघिको दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सजह जित निकाल्दै सिरिज जोगाउने योजनामा छ ।

पाँच महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा युगान्डाले पहिलो खेलमा १२ रन र दोस्रो खेलमा एक विकेटको जितका साथ २-० को अग्रता लिएको छ । युगान्डा आजको खेलमा पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । त्यसैले नेपाललाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ ।