थप ६ जनामा कोरोना, सक्रिय संक्रमितकाे संख्या १४७
वि.सं.२०७९ जेठ ५ बिहीवार ००:०४
shares

पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ८ जना काेराेनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तीन हजार ४७३ नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितबाट कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा १४७ सक्रिय संक्रमित छन् ।

























