स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेकाे धरान उपमहानगरमा मतगणना अवरुद्ध
वि.सं.२०७९ जेठ ४ बुधवार २२:४९
shares

धरान उपमहानगरपालिकाको मतगणना अवरुद्ध भएकाे छ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएपछि मतगणना रोकिएको हो ।
मतगणनाकाे पछिल्लाे परिणामअनुसार धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । उनले ८ हजार ४६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईकाे ७ हजार ९९६ मत छ ।
नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदी ६ हजार ६१० मतसहित अहिलेसम्म तेस्राे स्थानबाट पछ्याइरहेकी छन् ।

























