गृहपृष्ठ काठमाडौंमा बालेनकाे अग्रता कायमै, कसकाे कति मत ?
काठमाडौंमा बालेनकाे अग्रता कायमै, कसकाे कति मत ?
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले अग्रता कायमै राखेका छन् । करिब १८ सय मतगणनामा बालेनले ६३३ मतसहित अग्रता लिएका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन् । कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३५ मत ल्याएकी छन् । यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६२ मत पाएका छन् ।
त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ६०२ मत पाएकी छन् । नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १२६ मतमात्रै पाएका छन् । राप्रपाकी विनिता मगैयाले १२६ मत पाएका छन् ।
अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मत गणना भइरहेको निर्वाचन कार्यालयले जनाएकाे छ ।
प्रकाशित समय : ०३:२७ बजे



















