global ime bank Long Banner Ad

गृहपृष्ठ डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँ बढ्यो

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँ बढ्यो

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँ बढ्यो

नेपाल आयल निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँले बढाएको हो ।

बढेकाे मूल्यअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमश: १७० र १५३/१५३ कायम गरिएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ । निगमले आज जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर एक हजार ५० रुपैयाँ ८ पैसा  घाटा रहेको जनाइएको छ ।

निगमलाई १५ दिनमा करिब ४ अर्ब २५ करोड रूपैयाँ अझै घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

निगमकाे विज्ञप्ति :

प्रकाशित समय : ०३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु