गृहपृष्ठ निगमकाे काठमाडौं-भैरहवा पहिलाे उडान भाेलि
निगमकाे काठमाडौं-भैरहवा पहिलाे उडान भाेलि
नेपाल वायुसेवा निगमको न्यारोबडीले काठमाडौंबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक उडान भर्ने भएको छ । जेठ २ गते (सोमबार) देखि उडान भर्ने भएको हो । काठमाडाैंकाे उडान समय बिहान ६ बजे र भैरहवाकाे उडान समय बिहान ८ बजे रहेकाे छ ।
काठमाडौंबाट बिहान ६ बजे र भैरहवाबाट ८ बजे उडान हुनेछ । निगमको A320 जहाजले जहाजमा यात्रा गर्ने यात्रुहरूलाई स्वागत गर्नेछ । त्यसैगरी निगमले यात्रुलाई हिस्टोरिकल ब्याजसमेत दिने निगमले उल्लेख गरेकाे छ ।
निगमका अनुसार काठमाडौं-भैरहवा-काठमाडौं उडानका लागि निगमको वेबसाइटबाट टिकट खरिद गर्न सकिने छ । निगमकै केन्द्रीय कार्यालयबाट वा नजिकको ट्राभल एजेन्सीबाट पनि टिकट खरिद गर्न सकिने निगमद्वारा जारी प्रेस नाेटमा उल्लेख छ ।
प्रेस नाेट :

प्रकाशित समय : ०३:५३ बजे


















