गृहपृष्ठ देशभर ३५ प्रतिशत मतदान, छिटफुट घटनाबाहेक उत्साहजनक सहभागिता
देशभर ३५ प्रतिशत मतदान, छिटफुट घटनाबाहेक उत्साहजनक सहभागिता
निर्वाचन आयोगले शुक्रबार मध्याह्न १२ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छिटफुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको बताए ।
७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हाे । आयोगका प्रवक्ता पौडेलका अनुसार दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको र अहिले सुचारु गर्ने प्रयास भइरहेको छ ।
प्रकाशित समय : १८:३४ बजे



















