गृहपृष्ठ सर्लाहीमा मतदान अधिकृत पक्राउ, मतदान स्थगित
सर्लाहीमा मतदान अधिकृत पक्राउ, मतदान स्थगित
सर्लाहीको बलरामा मतदान अधिकृत नै पक्राउ परेका छन् । बलरा नगरपालिका-३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा अहिले मतदान स्थगित भएको छ । पुरानो गाविस भवन मतदान केन्द्रमा खटिएका साहले मतदातालाई मतदान गर्न सिकाएको प्रहरीको भनाइ छ । उक्त स्थानमा सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्ने र पुनः मतदान सुरु गर्ने प्रयास भइरहेको मुख्य अधिकृतको कार्यलय सर्लाहीले जनाएको हो ।
प्रकाशित समय : १९:३९ बजे



















