nmb bank

गृहपृष्ठ मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु

मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु

मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका-१४, पञ्चमूलमा शुक्रबार बिहान जीप दुर्घटना भएकाे छ । दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई थप उपचारका लागि पोखरा पठाइएको छ । स्याङजा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्याप पिकअप भ्यान सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।

स्थानीय तहको निर्वाचनमा मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा जीप सडकबाट खसेको थियो । वडा प्रहरी कार्यालय वालिङका डीएसपी ढकेन्द्र खतिवडाको नेतृत्वको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु