गृहपृष्ठ उत्तर कोरियामा एक जना कोभिड-१९ संक्रमित भेटियो
उत्तर कोरियामा एक जना कोभिड-१९ संक्रमित भेटियो
उत्तर कोरियामा एकजनामा कोभिड-१९ को संक्रमण भेटिएको त्यहाँकाे सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसीएनएले जानकारी दिएको छ । सो समाचार समितिले गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकारी बिहीबार मात्र दिएको हो ।
सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही बिरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएको हो । संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ । यो संक्रमण पाइएपछि उत्तर काेरियाली सरकारले यसलाई राष्ट्रिय संकटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ ।
प्रकाशित समय : १८:२१ बजे



















