काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरुमा सतर्कता

861
shares

ai logo सारांश

  • भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ ।
  • हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ बग्न थालेपछि प्रशासनले आपतकालीन तयारीसमेत अघि बढाएको छ ।
  • संकोश नदी र यसका सहायक नदी किनारमा बसोबास गर्ने बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

एजेन्सी । भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ ।

हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ बग्न थालेपछि प्रशासनले आपतकालीन तयारीसमेत अघि बढाएको छ । संकोश नदी र यसका सहायक नदी किनारमा बसोबास गर्ने बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै दार्जिलिङ पहाडी क्षेत्र, तराई तथा डुवर्सका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ ।

दार्जिलिङका भारतीय जनता पार्टी (भाजपा)सांसद राजु विष्टले सामाजिक सञ्जाल एक्समार्फत यस घटनाबारे जानकारी दिँदै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट भएको खबर प्राप्त भएको छ । तालबाट बाहिरिएको पानी मोफु नदी हुँदै संकोश नदीतर्फ बगिरहेको छ ।’

उनले संकोश नदी र यससँग जोडिएका सबै सहायक नदीको जलाधार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आफ्नो जीवन रक्षाका लागि तत्काल सुरक्षित दूरीमा जान आग्रह गरेका छन् । साथै दार्जिलिङका पहाडी क्षेत्र, तराई र डुवर्सका बासिन्दालाई पनि सतर्क रहन अनुरोध गरेका छन् ।

हिमताल विस्फोट अर्थात् ग्लोफलाई जोकुलह्लाउप पनि भनिन्छ । हिमताललाई रोकिरहेको प्राकृतिक बाँध भत्किँदा वा फुट्दा ठूलो परिमाणमा पानी एक्कासी बाहिर निस्केर तल्लो तटीय क्षेत्रमा बाढी आउने घटनालाई ग्लोफ भनिन्छ । यस्तो बाढीले ठूलो जनधनको क्षति पु-याउन सक्छ ।

आपतकालीन तयारीबारे जानकारी दिँदै राज्य मन्त्री निशिथ प्रमाणिकले भुटानमा हिमताल विस्फोट भएको र तालको संकोश नदीतर्फ बगिरहेको जानकारी प्राप्त भएको बताएका छन् ।

उनका अनुसार आगामी पाँचदेखि छ घण्टाभित्र उक्त पानी समथर भूभागमा पुग्ने अनुमान गरिएको छ । यसले त्यस क्षेत्रमा ठूलो बाढी आउन सक्ने आशंका बढाएको छ ।

यसैबीच, अलिपुरद्वारका प्रहरी अधीक्षक अमित कुमार सावले स्थानीय बासिन्दालाई नआत्तिन आग्रह गरेका छन् । उनले अवस्थासँग जुध्न प्रशासनले भुटानका अधिकारी तथा विभिन्न विपद् प्रतिकार्य निकायसँग समन्वय गरिरहेको जानकारी दिएका छन् ।

उनले करिब चारदेखि पाँच हजार मानिसलाई विद्यालय भवनलाई राहत तथा आश्रयस्थलका रूपमा प्रयोग गरी सुरक्षित स्थानमा सारिएको र थप छ हजारभन्दा बढीलाई पनि सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको जानकारी दिए ।

उनले संकोश नदी प्रणालीमा रेड अलर्ट जारी गरिएको जानकारी दिँदै नदीमा आउने पानीसँगै मरेका माछा, काठका ठूला टुक्रा तथा कङ्क्रिटका अवशेषसमेत बगेर आउन सक्ने चेतावनी दिएका छन् ।

भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफू हिमताल फुटेको हो । ताल फुटेर बाढी आएको थियो । कारण मानवीय क्षतिको विवरण नआएपनि चर्चित तातोपानी कुण्ड ‘गासा त्शाचु’ बगाएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

बाढीको तीव्र बहावले पुनाखा–गासा राजमार्गको एक भागसमेत बगाएपछि यातायात बन्द गरिएको छ। यता, पश्चिम बंगाल र असम दुवै राज्यका सीमावर्ती तथा नदी आसपासका क्षेत्रका बासिन्दालाइ सुरक्षित स्थानमा सारिएको छ।