काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

फेरि बढ्यो सुनचाँदीको मूल्य

7.44K
shares

अघिल्लो दिन तोलाको ९७ हजार रुपैयाँमा झरेको सुनको मूल्यमा फेरि बढेकाे छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य तोलाको ९७ हजार ८०० रुपैयाँ कायम भएकाे छ । बुधबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९७ हजार ३०० पुगेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।