गृहपृष्ठ इन्टर मिलानलाई कोपा इटालियाको उपाधि
इन्टर मिलानलाई कोपा इटालियाको उपाधि
इन्टर मिलानले कोपा इटालिया फुटबलको च्याम्पियन बनेकाे छ । फाइनलमा युभेन्ट्सलाई ४-२ ले पाखा लगाएपछि इन्टरले उपाधि पक्का गर्याे । इन्टरले सन् २०११ पछि पहिलोपटक कोपा इटालिया जितेको हो ।
रोमान्चक खेलको छैटौं मिनेटमा निकोला बरेलाले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ५०औं मिनेटमा युभेन्ट्सका एलेक्स सान्ड्रोले गोल फर्काएपछि खेल बराबरीमा आएकाे थियाे । ५२औं मिनेटमा डुसन भाल्होभिचले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए । खेलको ८०औं मिनेटमा हाकनले पेनाल्टीबाट गोल गर्दै इन्टरलाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इन्टरका इभान पेरिसिच चम्किए । उनले ९९औं र १०२औं मिनेटमा गोल थपेपछि इन्टरकाे उपाधि पक्का भएकाे थियाे ।
प्रकाशित समय : १७:२२ बजे


















