global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पैसा बाँडेको भन्दै गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

पैसा बाँडेको भन्दै गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

पैसा बाँडेको भन्दै गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले गएराति कब्जा गरेका छन् । उक्त गाउँपालिका-५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो ।

उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको थियाे । मौन अवधिमा दुबैजनालाई प्रचारप्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीले लागि नियन्त्रणमा लिएकोे छ ।

जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए । मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए ।

आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए ।

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु