काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा

16.09K
shares

स्थानीय तह निर्वाचनको मतगणनाका लागि तनहुँमा मतगणनास्थल तयार गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि जिल्लाका १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरेको हो ।

निर्वाचनपश्चात् मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित अन्य पालिकाकामा तारबारसहित मतगणनास्थल सुरक्षित पारेर सिसी क्यामेरा पनि जडान गरिएको छ । व्यास नगरपालिकाको मतगणनाका लागि जिल्ला समन्वय समितिको तीनवटा कोठामा मतगणनास्थल तयार गरी एकैपटक मतगणनाका लागि बाँसको घेराबार लगाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले जानकारी दिए ।

त्यहाँ सिसी क्यामेरा जडान गरिएको छ । 'सबैलाई चित्तबुझ्दो हुने गरी भरपर्दो र सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणनास्थल बनाएका छौँ', उनले भने, 'स्थानीयस्तरमै पाइने बाँस प्रयोग गरी घेराबार गरिएको छ ।' ढुंगानाका अनुसार व्यास नगरपालिकाको मतगणना बढीमा पाँच दिनमा सक्ने तयारी गरिएको छ ।

देवघाटस्थित निर्वाचन अधिकृतको कार्यालयले वडा नं ५ स्थित सभाहलमा मतगणनास्थल तयार गरेको छ । दुई ठाउँमा मत गन्नका लागि गणनास्थल तयार गरिएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए । घिरिङस्थित निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाको कार्यालय भवनमा मतगणनास्थल तयार गरेको छ । दुई ठाउँमा मत गन्नका लागि गणनास्थल बनाइने निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिए ।

उनका अनुसार मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिनेछ । आँबुखैरेनीस्थित निर्वाचन अधिकृतको कार्यालयले पनि गाउँपालिकाकै भवनमा मतगणनास्थल बनाएको छ । फलामको तारजालीले बारेर सिसी क्यामेरा जडान गरी मतगणनास्थल बनाइएको निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिए । यसैगरी मिन माध्यमिक विद्यालयमा तीनवटा कोठामा मतगणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 'मतगणनास्थल तयार भइसकेको छ, प्रत्येक कोठामा सिसी क्यामेरा पनि जडान गरेका छाैं' ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित गर्न दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

घिरिङमा मतगणनास्थल परिवर्तन

तनहुँको घिरिङ गाउँपालिकामा मतगणनास्थल परिवर्तन गरिएको छ । यसअघि वडा नं ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा मतगणना गर्ने निर्णय भए पनि बुधबार बसेको राजनीतिक दल तथा सुरक्षा निकायको बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले गाउँपालिकाको प्रशासकीय भवनमा मतगणनास्थल तय गर्ने निर्णय गरेको घिरिङका निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिए ।

विद्यालय भवनमा सुरक्षाको प्रत्याभूति नहुने र निर्वाचनलगत्तै विद्यार्थी भर्नालगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको उनको भनाइ थियो ।

विद्यालयमा मतगणना गर्ने निर्णयको नेकपा (एमाले)ले विरोध जनाएको थियो । विद्यालयको भवनमा सुरक्षाको प्रत्याभूति नहुने र मतगणनाको क्रममा धाँधली हुनसक्ने भन्दै एमालेले गाउँपालिकाको नयाँ भवनमा मतगणना हुनुपर्ने माग गरेको एमाले गाउँपालिका अध्यक्ष विष्णुप्रसाद ढकालले बताए ।